सरकार जनताका समस्या समाधान गर्ने गरी अघि बढ्दैछ : शर्मा
बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकार जनताका समस्या समाधान गर्ने गरी काम अगाडि बढाइरहेको बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार जनताका समस्या प्रति जानकार रहेको भन्दै समाधान गर्न लागि रहेको बताएका हुन् ।
सबै राजनीतिक दलहरूले सार्वजनिक मुद्दाहरूमा सहमति गरेर संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्ने पक्षमा माओवादी रहेको भन्दै वर्तमान सरकारसामु जनताका आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वबाट नपन्छिने पनि शर्माले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षाअनुसार विकास र समृद्धिका मुद्रालाई कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गर्दै संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्ने बताए ।
पछिल्लो समय मुलुकमा देखिएको आर्थिक सङ्कट राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामानभन्दा पनि अब सिङ्गो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि जानु पर्ने आवश्यकता रहेको उनले बताए । शर्माले देशमा उत्पादन सँगै जोडिने गरी काम गरेर आगामी दिनमा आउने यस्ता आर्थिक सङ्कटबाट टार्न सकिने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण