मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव
बारा । बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । घरदैलो कार्यक्रममा रहेका अध्यक्ष यादवले पत्रकारसँग कुरा गर्दै उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे । उनले भने, ‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’
अध्यक्ष यादवले यहाँका किसानका लागि सिँचाइ र मल खादको समस्या रहेको बताए । यहाँ कृषिमा मात्र होइन, सडक, बाटो घाटो, खानेपानी, शिक्षा स्वास्थ्यको अवस्था पनि त्यस्तै देखिएको उनले बताए । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने यादवले बताए ।
किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै उनले सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण