‘प्रसाद २’ अब १५ वैशाखमा रिलिज हुने
मङ्गलबार, २८ चैत २०७९, १५ : ५७
काठमाडौँ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण गत २४ गते रिलिज हुन नसकेको फिल्म ‘प्रसाद २’ वैशाख १५ मा रिलिज हुने भएको छ ।
निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको नयाँ रिलिज मिति तय गरेको हो ।
फिल्म वैशाखको १५ गतेबाट देश र विदेशमा एकसाथ रिलिज हुने निर्देशक सुदर्शन थापाले बताए । ‘पहिले भनिएको मितिमा फिल्म विभिन्न कारणले रिलिज हुन सकेन’, थापाले भने ‘१५ वैशाखमा भने जुनै हालतमा पनि रिलिज हुन्छ ।’
विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायत कलाकारको अभिनय रहेको फिल्म सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतले बनाएका हुन् ।
सुशिल पौडेलको कथा फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण