सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए राति भएकाे सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।
राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
-
काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लाखौँ मूल्यको धनमाल चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण