आउटलेट विस्तार गर्दै ‘हिमालयन टेकवे’
काठमाडौँ । नेपाली उपभोक्तालाई विदेशी स्वादको पिज्जा चखाउने लक्ष्यसहित स्थापना भएको ‘हिमालयन टेकवे’ले आफ्नो सञ्जाल बढाउन थालेको छ । ३ वर्षअघि काठमाडौँको स्वयम्भूमा खुलेको टेकवेको हाल उपत्यकामा नै ३ वटा फ्रेन्चाइजी पुगिसकेको छ ।
टेकवेलाई आगामी केही वर्षमा उपत्यकाका अन्य स्थानसहित पोखरा, चितवन, बुटवल, हेटौडा लगायतका मुख्य सहरमा विस्तार गर्ने योजना अघि बढाएको छ । यस्तै, दीर्घकालमा युरोप र अमेरिकामा समेत आउटलेट खोल्ने योजना कम्पनीले बनाएको छ ।
३ वर्षसम्म जर्मनीमा अध्ययनसँगै सीप सिकेर आएका नवाङ्ग शेर्पाले ३ वर्षअघि ३० लाख रुपैयाँको लगानीमा ‘हिमालयन टेकवे’ सुरु गरेका थिए । सधैँजसो हतारमा रहने उपत्यकावासीलाई लक्षित गर्दै स्थापना भएको हिमालयन टेकवे ठमेल र बुढानीलकण्ठमा समेत खुलिसकेको छ । टेकवेले विदेशी पर्यटकलाई लक्षित गरेर ठमेलमा समेत फ्रेन्चाइजी सञ्चालनमा ल्याएको हो । यतिबेला टिममा कल्यान बुढाथोकी, अर्जुन बस्नेत, ज्याक गुरुङ, निमा शेर्पा र आवाज कार्की समेत थपिएका छन् ।
उपत्यकाकै ३ स्थानमा (स्वयम्भुसहित) फ्रेन्चाइजी खोल्दा कूल लगानी १ करोड रुपैयाँ पुगिसकेको संस्थापक शेर्पा बताउँछन् । यस्तै, हाल हिमालयन टेकवेले ४० जनालाई रोजगारी समेत दिएको छ । यस्तै, यही वर्षदेखि पिज्जाबारे तालिम दिन ‘पिज्जा स्कुल’ सञ्चालनमा ल्याउने योजना समेत अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण