होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
सारांश
- गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ र नागरिक स्वास्थ्य सुरक्षा प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
- गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिनेछ।
- नागरिकले गुनासो दर्ता गर्नका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र, हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिइएको छ।
काठमाडौँ। गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर, सरसफाइ र नागरिक स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले बजार अनुगमनलाई थप सशक्त बनाउँदै गुणस्तरहीन तथा अस्वच्छ खाना बिक्री–वितरण गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार हदैसम्मको कडा कारबाही गर्न निर्देशन दिएको हो।
मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाका अनुसार होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्न यो कदम चालिएको हो।
जारी निर्देशनअनुसार अब नियमित, सघन तथा आकस्मिक बजार अनुगमन गरिनेछ। अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाइने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी कानुन उल्लङ्घन गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिनेछ।
त्यसैगरी प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासो दर्ता गर्न सक्ने गरी गुनासो सुनुवाइ संयन्त्र, हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न निर्देशन दिइएको छ। प्राप्त हुने हरेक गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र समाधान गर्न मन्त्रालयले जोड दिएको छ।
स्थानीय तहमा देखिने यस्ता समस्या प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ।
सामान्य प्रकृतिका गुनासो लिएर नागरिक मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। साथै, जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष रूपमा सुपरिवेक्षण गर्ने भएकाले कुनै पनि प्रकारको असक्षमता वा उदासीनता स्वीकार्य नहुने उल्लेख गरिएको छ।
गृह मन्त्रालयले निर्देशनको पूर्ण कार्यान्वयनबाट नागरिक केन्द्रित शासन प्रणालीलाई थप प्रभावकारी बनाउने, बजारमा विधिको शासन कायम गर्ने तथा सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण