प्राधिकरणले काट्यो ७५ करोड बक्यौता नतिर्ने सोना सिमेन्टकाे लाइन
शनिबार, ०२ वैशाख २०८०, १५ : ०१
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बक्यौता नतिर्ने उद्योगको लाइन कटौती गरेको छ । प्राधिकरणका अनुसार ७५ करोड रुपैयाँभन्दा धेरै बिजुलीको बक्यौता नतिर्ने सोना सिमेन्टको लाइन काटेको हो ।
उद्योगले डेडिकेटेडलाइन मार्फत बिजुली बालेबापतको ३२ करोड ९४ लाख रुपैयाँ बिल तिरेको थिएन । त्यसपछिको ४१ करोड ६६ लाख गरी कूल ७४ करोड ५९ लाख रुपैयाँ बक्यौता छ । पटक–पटक बिल तिर्न नमानेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको नेपालगञ्जस्थित क्षेत्रिए शाखाले दाङमा रहेर सञ्चालन भइरहेको उद्योगको लाइन काटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण