प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिमसम्म भारत भ्रमणमा जाने तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलोपटक औपचारिक भ्रमणमा भारत जाने तयारी गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिइसकेकाले दुई देशको आपसी समझदारीमा भ्रमणको मिति तय गरिने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । ‘प्रधानमन्त्रीज्यूलाई भारत भ्रमणको निम्तो आइसकेको छ । भ्रमण गर्ने भए पनि दुई देशको तर्फबाट तयारी गर्नुपर्ने हुन्छ’ ती सचिवालय सदस्यले भने, ‘परराष्ट्र मन्त्रीले आज शपथ लिनुभयो । यो महिनाको अन्तिमसम्म प्रधानमन्त्री ज्यूको भारत भ्रमण हुनसक्छ ।’
प्रधानमन्त्री प्रचण्डले छिट्टै भारत भ्रमण गर्ने भनिए पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा र नजिकिएको उपनिर्वाचनका कारण ढिलाइ भएको सचिवालयका ती सदस्यले बताए । प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले समेत तयारी थालेको छ । आइतबार शपथ लिए लगत्तै परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने बताएका छन् । आफूले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा लाग्ने साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण