दाङ र बर्दियामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । दाङ र बर्दिया जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-११ खैरा चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.२ ख ३८१ नम्बरको ट्रकले लु.७३ प ११६२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल बिक (सुदन) को घटनास्थलमै र मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ खैरा बस्ने २६ वर्षीय सन्देश बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बर्दियाको मधुवन नगरपालिका-५ स्थित सडकमा ढोढरीबाट गुलरियातर्फ जाँदै गरेको भे.१ क १८१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भाटको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
-
कर्णालीका स्थानीय तहलाई प्रदेश सरकारको अनुदान वितरणमा स्वेच्छाचारिता
-
१० औँ स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि, ३३ विद्यालयका ४८ टोली भिड्ने
-
६ वटा मन्त्रिपरिषद् बैठकका ८७ निर्णय सार्वजनिक (निर्णयसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण