जीतनारायण र गोविन्दलाई विजयी गराउन ९ दललाई देउवाको अनुरोध पत्र
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैशाख १० गते उपनिर्वाचन हुने तनहुँ-१ र चितवन–२ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका छन् ।
वैशाख ३ मा देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई अनुरोध पत्र पठाएका हुन् ।
उपनिर्वाचनमा सत्ता गठबन्धन दलबाट तनहुँ– १ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् । ‘गठबन्धन दलका यी उम्मेदवारहरूलाई विजयी गराउन आ–आफ्नो दलका तर्फबाट पार्टी पङ्क्तिलाई अझ प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर यो अनुरोध पत्र पठाएको छु,’ देउवाको पत्रमा उल्लेख छ,‘ उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरू विजयी गराएर गठबन्धनलाई राष्ट्रिय स्तरमा अझ कसिलो बनाएर अघि बढ्नु छ ।’
सत्ता गठबन्धन सम्बद्ध ९ दलका पंक्तिलाई अझ व्यापक परिचालन गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन सबै तहलाई आवश्यक निर्देशन र परिचालनका लागि देउवाको अनुरोध छ । नागरिक उन्मुक्ति पार्टीले चितवन–२ र तनहुँ १ मा पनि उम्मेदवार उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण