उपेन्द्र यादवको आरोप–नागरिकता विधेयक अोलीले पारित हुन दिएनन्
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी जनतालाई नागरिकता नदिने भूमिका खेलेको आरोप लगाएका छन् ।
बिहीबार बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका थिए तर एमालेका अध्यक्ष ओलीको कारण त्यसलाई प्रमाणीकरण नगरेको दाबी गरे ।
भारतको सीमासम्म चारलेनको सडक बनाउन आवश्यक रहेको बताउँदै उनले कोरोनाका कारण छोटी भन्सार बन्द भएको र त्यसलाई सञ्चालन गर्न सरकारले सुरुवात गर्नुपर्ने बताए । उनले त्यहाँ उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोटी भन्सार सञ्चालन गर्न आग्रह गरे ।
गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा पुर्याउन आफूले पहल गर्ने बताउँदै उनले यहाँको किसानलाई सिँचाइको व्यवस्था गर्नै पनि बताए । किसानको खेत खेतमा सिँचाई पुर्याउने तथा मल खाद उपलब्ध गराउन सरकारलाई उनले आग्रह गरे ।
घरविहिन नागरिकलाई सरकारको जनता अवाज योजनाअन्तर्गत अवासको व्यवस्था गर्नुपर्ने उनले बताए ।
यस्तै उनले बारामा गुणस्तर शिक्षा प्रणालीको विकास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण