कतारमा १२ गतेदेखि दूतावासबाटै पुनः श्रम स्वीकृतिको काम हुने
काठमाडौँ । कतारस्थित नेपाली राजदूतावासले वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृतिको काम थाल्ने भएको छ । नेपाल सरकारले गन्तव्य मुलुकमा रहेको नेपाली कूटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा दूतावासले पुनः श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाएको हो । दूतावासले हाललाई जनशक्तिको आधारमा दैनिक ५० वटासम्म टोकन उपलब्ध गराउने जनाएको छ ।
पुनः श्रम स्वीकृतिका लागि पासपोर्ट, कतारी आईडी कार्ड, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति लगायतका कागजात अनलाइन मार्फत पेस गर्नुपर्ने छ ।
पुनः श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने लगइनमा क्लिक गर्नुपर्नेछ ।
अनलाइन मार्फत आवश्यक पर्ने सबै कागजात पेस गरेपछि अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ दोहा कतार छनौट गर्नुपर्ने दूतावासले जनाएको छ ।
पुनः श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली मार्फत तिर्न सकिनेछ । पुनः श्रम स्वीकृति सम्बन्धी कार्यका लागि राजदूतावासमा उपस्थित हुनु नपर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण