विराटनगरमा १५ गतेदेखि खुलारूपमा माछामासु बिक्री गर्न निषेध
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भन्दै खुल्ला रूपमा बेचबिखनमा रोक लगाउने भएको छ ।
विराटनगरका विभिन्न स्थानमा खुल्ला रूपमा माछामासु बिक्री हुने गरेको छ । जसले गर्दा बजारको सौन्दर्यकरणमा ह्रास आएको महानगरको ठहर छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको बताए । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपक्षीलाई वद गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
‘विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो,’ मेयर कोइरालाले भने, ‘महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि विराटनगरवासीबाट साथ र सहयोग अवश्य प्राप्त हुनेछ ।’
महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङलगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपक्षी वद गर्न निषेध गरिएको बताए । विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लास्टिक ओछ्याएर भुईँमा राखेर खुल्ला रूपमा माछामासु बिक्री गर्ने गरिएको छ । ‘अबदेखि खुल्ला रूपमा माछामासु बिक्री गर्न पाइने छैन,’ कोइरालाले भने, ‘ऐनले नै अव्यवस्थित र खुल्ला रूपमा पशुपक्षीको वद गर्न र बिक्री वितरण गर्न निषेध गरेको छ ।’
पशुपक्षी शाखाका प्रमुख शुभ नारायण यादवका अनुसार सार्वजनिक रूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्री वितरणका साथै पशुपक्षी वद गरेको पाइएमा कडा कारबाही गरिने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण