सुडानमा विपक्षी समूहद्वारा ७२ घण्टे युद्ध बिराम
काठमाडौँ । सुडानको विपक्षी समूहले ७२ घण्टे युद्ध बिराम गरेको छ । विपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रूपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो
इद उल फितर पर्वको अवसरमा एकपक्षीय युद्ध बिरामको घोषणा गरेको सो समूहले जनाएको छ । गत हप्तादेखि राजधानी खार्तुमा सत्ता सङ्घर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रूपमा युद्ध बिरामको घोषणा गरेको हो ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ । अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै ३ सय बढीले ज्यान गुमाइसकेका छन भने सरकार र विद्रोही समूहका बिचमा सत्ता सङ्घर्ष चर्किँदै जाँदा हजारौँ सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन् ।
विपक्षी समूहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीबाट बाहिरिने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण