गुल्मीको तम्घासका अव्यवस्थित संरचना हटाइँदै
गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा अव्यवस्थित रूपमा निर्माण संरचनाहरु हटाउन सुरु गरिएको छ । सडक पेटी मिचेर निर्माण गरिएका भौतिक संरचनाहरु डोजरले हटाउन थालिएको हो ।
गुल्मीको रेसुंगा नगरपालिकाले यहाँको बजार क्षेत्रमा कालोपत्रे गर्नका लागि बिहीबारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटी लगायतका संरचनाहरु हटाउन सुरु गरेको हो ।
यसअघि नगरपालिकाले सडक छेउँछाउँका अव्यवस्थित रूपमा निर्माण गरिएका सडकपेटीहरु हटाउन निर्देशन दिएको थियो । तोकेको समयमा घरधनीहरुले नहटाएपछि नगरपालिकाले डोजर चलाउनु परेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
नगरपालिकाले हटाउन थालेपछि घरधनीहरुले पनि संरचनाहरु भत्काउन सुरु गरेका छन् । नगरपालिकाले ३० फिटको सडक मापदण्ड कायम गरेको नगरप्रमुख पन्थीले जानकारी दिए ।
यस्तै नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, केबुल तथा इन्टरनेटका पोल तथा तारहरु समेत हटाई व्यवस्थित गर्न सुरु गरेको स्थानीय साजन बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण