सुडानमा यौनहिंसा रोक्न युएन वुमनको आग्रह
शनिबार, ०९ वैशाख २०८०, ११ : ३८
संयुक्त राष्ट्रसंघ । लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानमा यौनहिंसा रोक्न आग्रह गरेको छ । युएन वुमनकी कार्यकारी निर्देशक सिमा बहौसले एक विज्ञप्ति जारी गरी सो आग्रह गरेकी हुन् ।
उनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुन नदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरेकी छन् । ‘युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ, युद्धले सुडानी महिला र युवतीको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ । हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्’ कार्यकारी निर्देशक बहौसले विज्ञप्तिमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण