शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानमा यौनहिंसा रोक्न युएन वुमनको आग्रह

शनिबार, ०९ वैशाख २०८०, ११ : ३८
शनिबार, ०९ वैशाख २०८०

संयुक्त राष्ट्रसंघ । लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानमा यौनहिंसा रोक्न आग्रह गरेको छ । युएन वुमनकी कार्यकारी निर्देशक सिमा बहौसले एक विज्ञप्ति जारी गरी सो आग्रह गरेकी हुन् । 

उनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै  यौन हिंसा हुन नदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरेकी छन् । ‘युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ, युद्धले सुडानी महिला र युवतीको जीवनमा  पनि गम्भीर प्रभाव पारेको छ ।  हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्’ कार्यकारी निर्देशक बहौसले विज्ञप्तिमा भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप