शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

खलिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ

आइतबार, १० वैशाख २०८०, ०९ : ०६
आइतबार, १० वैशाख २०८०

नयाँ दिल्ली  । खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो ।  पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । 'अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्' पञ्जाब प्रहरीले भनेको छ । 

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप