२८ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
सोमबार, ११ वैशाख २०८०, ११ : ४३
काठमाडौं । केन्द्रीय बैंकमार्फत सरकारले २८ अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो ।
सोमबार राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, बैंकका अनुसार ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नवीकरण गरेर २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ जारी गर्न लागिएको हो ।
कूल ट्रेजरी मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गरेर बाँकी रहेको १५ प्रतिशत विनाप्रतिस्पर्धा सहभागि गराइने बैंकले जनाएको छ ।
यसअघि बैशाख ४ गते केन्द्रीय बैंकले २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण