शुभ मुर्हूतसँगै लक्ष्मणले सुरु गरे ‘सतीदेवी’ को छायाङ्कन
काठमाडौंँ । लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ को शुभमुर्हूत गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको शुभमुर्हुत गरिएको हो । मुर्हूतमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको समेत उपस्थिति थियो ।
मुर्हुतसँगै फिल्मको सुटिङ पनि आइतबारबाटै सुरु भएको छ । फिल्ममा मलिका महत, भोला सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी र सृजना अधिकारीलगायतको अभिनय रहनेछ ।
गोल्डेन स्टेट मुभी केमर्सले एसएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको प्रस्तुतकर्ता दिलासा कृयसन रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद, निर्माण र गीत निर्देशक सुवेदीकै छ । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रङ्ग पत्रकार सुवेदीको पछिल्लो फिल्म ‘लाल जोडी’ हो । लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए । फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले ‘सतीदेवी’ निर्माण थालेका हुन् । फिल्मको छायाङ्कन काठमाडाैँ र उपत्यका बाहिर केही स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण