मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
सारांश
- पेट्रोल पम्पहरूले मूल्य घट्ने अनुमानमा तेल नउठाउँदा काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पहरूले 'पेट्रोल छैन' को बोर्ड टाँसेर पम्प बन्द गरेका छन्।
- नेपाल आयल निगमले मङ्गलबार पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको थियो।
- बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी अनुगमन गरिरहेको छ।
काठमाडौँ । मूल्य घट्ने अनुमानमा पेट्रोल पम्पहरूले तेल नउठाउँदा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरेका हुन् ।
मङ्गलवार नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँको दरले मूल्य घटाएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिख र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्था अनुसार निगमले मङ्गलवार मूल्य समायोजन गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने निश्चित भएको अवस्थामा धेरै इन्धन उठाउँदा नोक्सानमा जाने भयले मङ्गलवार अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । सोही कारण पम्पहरूले पेट्रोल नबाँडेको जानकारी आएको उनको भनाइ छ ।
अनुगमनका लागि तीन टोली परिचालन
बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएका छन् ।
‘काठमाडौँमा हाम्रा तीन वटा टोली परिचालन भएका छन् । उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयहरूलाई अनुगमन गर्न भनेका छौं,’ ठाकुरले भने ।
उनका अनुसार केही अहिले पेट्रोलको केही अभाव देखिए पनि साँझसम्म समस्या समाधान भइसक्ने बताए । हाम्रो डिलरबाट पम्पहरूले मागे जति इन्धन लगिरहेका छन् । हिजो अस्ति कम उठाएकोले तत्काल केही समस्या देखिए पनि भरे भोलिसम्म सहज भइहाल्छ, आत्तिनुपर्ने अवस्था होइन,’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य अमेरिका इरान युद्ध अघिकै अवस्थामा फर्किएको छ । योसँगै नेपालमा समेत यसको प्रभाव परेको हो । यद्यपि, अझै पनि युद्ध अघिको अवस्थामा नेपाली बजारको मूल्य भने झरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश फिल्म र फिल्मी संवादले चल्दैन, सरकार ‘ह्याङओभर’ बाट मुक्त होस्: शर्मा
-
विश्वकप २०२६ः गोल्डेन बुटमाथिको घम्साघम्सी
-
नेपालमा संसदीय प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै विकल्प : वामदेव गौतम
-
दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण