शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

किसानका माग राख्दै एक सातादेखि आमरण अनसनमा घिमिरे

सोमबार, ११ वैशाख २०८०, १९ : ३३
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । किसानहरूको ५ सूत्रीय माग अघि सार्दै नुवाकोटका एक किसान एक सातादेखि राजधानीमा अनसनरत रहेका छन् ।  

ककनी गाउँपालिका २ का किसान श्रीराम घिमिरे एक सातादेखि राजधानीको न्यूरोडस्थित भुगोलपार्कमा अनसनरत रहेका हुन् । 

उनको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रँदो अवस्थामा रहे पनि सरोकारवालाले अनसन तोडाउन पहल नगरेको बताइएको छ । 

ककनीबाट खाली खुट्टा पैदल हिँडेर काठमाडौँ आएर उनले वैशाख ५ गतेदेखि अनसन सुरु गरेका थिए । 

सरकारले किसानको हितमा काम नगरेकाले  दबाब दिन आफूले आमरण अनसन सुरु गरेको उनको भनाइ छ । 

उनले कृषिमा अनुदान दिनुपर्ने,  किसानलाई न्यून ब्याजमा ऋण दिनुपर्ने, मल, बीउ र औजार अनुदानमा दिनुपर्ने, कृषिमा १० प्रतिशत बजेट छुटयाउनुपर्नेलगायतका माग राखेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप