शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आज देशका पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना

शुक्रबार, १५ वैशाख २०८०, ०६ : ०२
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ।

राति गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। भोलि पनि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप