शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको जीतमा खुसीयाली : हात्तीको सवारीदेखि चाँदीको मुकुटसम्म

आइतबार, १७ वैशाख २०८०, १३ : २७
आइतबार, १७ वैशाख २०८०

बारा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट चुनाव जितेकोमा धुमधामले खुशियाली मनाइएको छ ।

चुनाव जिते लगत्तै आफ्नो चुनावी क्षेत्रमा ६ दिनसम्म विजयोत्सव मनाएर यादव आज आफ्नो गृह जिल्ला मोरङ (विराटनगर) प्रस्थान गरेका छन् ।

वैशाख १२ गते चुनावको परिणाम आए लगत्तै बारामा यादवको विजय उत्सव सुरु भएको थियो । विजय उत्सवका लागि रौतहटबाट हात्ती ल्याइएको थियो । अध्यक्ष यादवलाई निर्वाचित भएको क्षेत्रमा हात्ती चढाएर घुमाउने योजना बनाइए पनि उनले हात्ती चढेर घुम्न भने मानेनन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवले सो हात्ती चढेर निर्वाचन क्षेत्र घुमेका थिए ।

upendra-3

पाँच दिनसम्म पुरै क्षेत्रमा घुमेर अध्यक्ष यादवले मतदाताहरूलाई धन्यवाद दिए । आज अन्तिम दिन कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले दुई सय केजीको माला र चाँदीको मुकुट लगाएर अध्यक्ष यादवलाई बधाई दिएका छन् । जसपाबाट उपमहानगरपालिकामा जितेका जनप्रतिनिधिहरूले कार्यक्रमको आयोजना गरेका थिए । उनी चाँदीको मुकुट ग्रहण गरेर आजै विराटनगर गएका हुन् । यादवले मङ्गलवार प्रतिनिधिसभा सदस्यको शपथ लिने कार्यक्रम छ । 

upendra-ryaliupendra-yadav

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप