उपेन्द्र यादवको जीतमा खुसीयाली : हात्तीको सवारीदेखि चाँदीको मुकुटसम्म
बारा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट चुनाव जितेकोमा धुमधामले खुशियाली मनाइएको छ ।
चुनाव जिते लगत्तै आफ्नो चुनावी क्षेत्रमा ६ दिनसम्म विजयोत्सव मनाएर यादव आज आफ्नो गृह जिल्ला मोरङ (विराटनगर) प्रस्थान गरेका छन् ।
वैशाख १२ गते चुनावको परिणाम आए लगत्तै बारामा यादवको विजय उत्सव सुरु भएको थियो । विजय उत्सवका लागि रौतहटबाट हात्ती ल्याइएको थियो । अध्यक्ष यादवलाई निर्वाचित भएको क्षेत्रमा हात्ती चढाएर घुमाउने योजना बनाइए पनि उनले हात्ती चढेर घुम्न भने मानेनन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवले सो हात्ती चढेर निर्वाचन क्षेत्र घुमेका थिए ।

पाँच दिनसम्म पुरै क्षेत्रमा घुमेर अध्यक्ष यादवले मतदाताहरूलाई धन्यवाद दिए । आज अन्तिम दिन कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले दुई सय केजीको माला र चाँदीको मुकुट लगाएर अध्यक्ष यादवलाई बधाई दिएका छन् । जसपाबाट उपमहानगरपालिकामा जितेका जनप्रतिनिधिहरूले कार्यक्रमको आयोजना गरेका थिए । उनी चाँदीको मुकुट ग्रहण गरेर आजै विराटनगर गएका हुन् । यादवले मङ्गलवार प्रतिनिधिसभा सदस्यको शपथ लिने कार्यक्रम छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण