डेढ वर्षभित्र महाकाली करिडोरको ट्रयाक खुल्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताएका छन् ।
कञ्चनपुर–३ बाट निर्वाचित सांसद समेत रहेका लेखकले विगतमा सरकारको उदासीनताका कारण निर्माणमा ढिलाइ भएको बताउँदै अब डेढ वर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गरे ।
करिडोरको शुन्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उनले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए ।
‘अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्ममै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगायत अरु कामको अनुमति दिइसकेको छ,’ नेता लेखकले भने , ‘अब कञ्चनपुरबाट आउँदो दसैंमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने छौं ।’
करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्षबितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो ।
नेता लेखकले रुख कटान अनुमति लगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकल दाहाल समक्ष आग्रह गरेका थिए । करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने उनले बताए ।
उनले बैतडी दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुने बताए ।
नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ । करिडोर अन्र्तगत ४२५ किलोमिटर ट्रयाक मध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ ।
करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य बेलबहादुर राना, मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण