शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

मङ्गलबार, १९ वैशाख २०८०, ०६ : ०३
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । 

आज दिउँसो कोशी, मधेस  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागमा चट्याङ्गसहित  मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप