बढी सेवा शुल्क लिने लघुवित्तवरुद्ध उजुरी दिन केन्द्रीय बैंकको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक तथा वित्तीय संस्थाविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ ।
खासगरी गाउँगाउँ वित्तीय सेवा दिइरहेका घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको भन्दा बढी सेवा शुल्क लिएको भन्ने गुनासाकाबीच केन्द्रीय बैंकले यस्तो सूचना जारी गरेको हो ।
केन्द्रीय बैंकले सूचनामार्फत भनेको छ, ‘लघुवित्त वित्तीय संस्थाले यसबाहेक (तोकिएको) कुनै शुल्क मागेमा वा लिएमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नुहोस् ।’ यदि उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न समेत बैंकले आग्रह गरेको छ ।
लघुवित्त संस्थाहरुले कुनैपनि बचत÷निक्षेप खाता सञ्चालन गरेबापत कुनैपनि किसिमको शुल्क लिन पाउँदैनन् भने कर्जा प्रवाहमा अधिकतम १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण