आर्थिक विकास र समृद्धिका लागि सरकार स्थिर हुनुपर्छ: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिका लागि सरकार स्थिर हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले सरकारको स्थिरता समग्र लोकतन्त्रकै विकासमा अत्यन्त महत्त्वपूर्ण रहेको धारणा राखे ।
संसदका लागि संसदीय समिति महत्त्वपूर्ण रहेको बताउँदै उनले स्थायित्वका लागि समितिहरुले पनि काम गर्नुपर्नेमा जोड दिए । अस्थिरताले कसैलाई हित नगर्ने भन्दै यादवले सोही कारण जनतामा वितृष्णा जाग्न सक्ने भएकाले सबैपक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए ।
उनले सरकारको स्थायित्वका लागि दलहरुको बीचमा छलफल गरेर अगाडि बढ्नुपर्ने पनि बताए । २–३ महिनामा सरकार परिवर्तन भइरह्यो भने देशको हितमा नहुने भएकाले दलहरुबीच वृहत समझदारी जरुरी रहेको यादवको भनाइ थियो ।
अर्को प्रसंगमा यादवले पार्टीबाट सरकारमा पठाउने व्यक्तिको बारेमा छलफल भइनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण