विद्युत पोलमा विज्ञापन बोर्डे फेर्ने क्रममा शिक्षकको मृत्यु , विद्यार्थी घाइते
दाङ । विद्युत पोलमा विज्ञापन बोर्डे फेर्ने क्रममा दाङमा एक जनाको मृत्यु र दुुई जना घाइते भएका छन् । तुुलसीपुर उपहानगपालिका –५ विद्युत कार्यालय नजिक रहेको क्यु.डाई कन्सलटेन्सी प्रालिले शिक्षक र विद्यार्थी रहेका छन् । जापानिज भाषाको पुुरानो बिज्ञापन बोर्ड हटाई नयाँ राख्ने क्रममा बोर्डको फलाम विद्युत पोलको तारमा छुन गई कन्सलटेन्सीका शिक्षक रुकुम पूर्व पुथा उत्तरगंगा निवासी २८ वर्षीय महेश विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिए ।
साथै सोही घटनामा सोही कन्सलटेन्सीका अध्ययनरत विद्यार्थी रुकुम पूर्व भूमे गाउँपालिका मनिता विक र अर्को सहयोगी रुकुम पूर्व पुथा उत्तरगंगाका १६ वर्षीय अर्जुन कर्तेल घाइते भएका छन् । विकको बाया हातको पन्जा र दाया हातको कुुइनामा करेन्ट लागेको छ भने कर्तेलको दायाँ हातको कुुइनामा करेन्ट लागेको छ । घाइते दुवै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण