शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा आज पनि वर्षा

बिहीबार, २१ वैशाख २०८०, ०६ : ०२
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप