मेटमणी चौधरीले भने–तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कारबाही गर्नुपर्ने बताएका छन् ।
चौधरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुपर्ने भन्दै पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकीय र उच्चपदस्थ कर्मचारीहरू तानिएका बताएका छन् । साथै उनले हिजो र आज शीर्ष नेतृत्व तहमा देखिएको भेटघाटले शीर्ष नेतृत्वको समेत संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिने बताएका छन् ।
‘उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै संस्थागत रूपमा मन्त्रिपरिषद्को बैठकले गरेको थियो । यसबाट प्रष्ट हुन्छ – स्वयं सरकार नै नेपालीलाई भुटानी बनाउने काममा लागिपरेको देखिन्छ’, चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसैले तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहीको लागि योग्य हुनुहुन्छ, उहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्दछ ।’
चौधरीले नेपाली जनताहरूलाई घटनाबारे जस्ताको तस्तै जानकारी गराउन सरकारसँग माग समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण