मेटमणी चौधरीले भने–तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कारबाही गर्नुपर्ने बताएका छन् ।
चौधरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनुपर्ने भन्दै पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकीय र उच्चपदस्थ कर्मचारीहरू तानिएका बताएका छन् । साथै उनले हिजो र आज शीर्ष नेतृत्व तहमा देखिएको भेटघाटले शीर्ष नेतृत्वको समेत संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिने बताएका छन् ।
‘उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै संस्थागत रूपमा मन्त्रिपरिषद्को बैठकले गरेको थियो । यसबाट प्रष्ट हुन्छ – स्वयं सरकार नै नेपालीलाई भुटानी बनाउने काममा लागिपरेको देखिन्छ’, चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसैले तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहीको लागि योग्य हुनुहुन्छ, उहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्दछ ।’
चौधरीले नेपाली जनताहरूलाई घटनाबारे जस्ताको तस्तै जानकारी गराउन सरकारसँग माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड