लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध
बुटवल । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।
सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका रूपमा आज लुम्बिनीबाट बोधिसत्त्व सिद्धार्थलाई तिलौराकोट दरबार लगिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यलाई शिशु बुद्ध (बोधिसत्त्व सिद्धार्थ)को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कँदाको क्षणलाई स्मरण गरी बोधिसत्त्व बुद्धको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण