अपराध
विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ
शनिबार, २३ वैशाख २०८०, १५ : ४२
विराटनगर । विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूकाे साथबाट ८ किलाे चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
काे २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
-
उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा, बोरा किन्न नसक्दा उत्पादित सिमेन्ट गोदाममै थन्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण