शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यी चार प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना

आइतबार, २४ वैशाख २०८०, ०६ : ०२
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप