‘परस्त्री’ को फष्टलुकमा भारतीय समीक्षक तरन आदर्शको टिप्पणी

काठमाडौँ । फिल्म ‘परस्त्री’ को फष्टलुकप्रति भारतीय चर्चित पत्रकार तथा समीक्षक तरन आदर्शले प्रतिक्रिया जनाएका छन् । उनले परस्त्रीको पोस्टर शेयर गर्दै फिल्म इन्डो नेपाली भएको बताएका छन् ।
पोस्टर शेयर गर्दै उनले फिल्मका निर्माता, निर्देशक, कलाकारको साथमा रिलिज मिति समेत लेखेका छन् । निर्माण युनिटले फिल्मको केही पोष्टर फष्टलुकको रूपमा शुक्रवार सार्वजनिक गरेको थियो । पोष्टरमा अभिनेत्री शिल्पा मास्के बोल्ड लुक्समा देखिएकी छन् ।
निर्माण युनिटले फिल्मको ४ फरक फरक पोस्टर बाहिर ल्याएको हो । पोस्टरमा शिल्पाको अलवा फिल्मका मुख्य कलाकार कोसिस क्षेत्री, गौरव विष्ट देखिएका छन् ।
फिल्म आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा कोसिस, शिल्पा र गौरवको अलवा अलिसा क्षेत्री, आशान्त शर्माको मुख्य भूमिका छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म काठमाडौँ र मुस्ताङमा छायाङ्कन भएको हो । फिल्मका निर्देशक सुरज पाण्डे हुन् ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।
नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको यो दोस्रो नेपाली फिल्म हो । यस अगाडि फिल्म ‘प्रेम गीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी