जब अपहरणमा परे बिग बी

मुम्बई । ७० को दशकमा अमिताभ बच्चन फिल्महरूमा एक्सन दृश्यका लागि परिचित थिए । उनले बलिउडमा ‘एंग्री म्यान’को छवि पनि बनाएका थिए ।
एक पटक बिग बी अमेरिकाको बोस्टन गएका थिए, जहाँ ६ जना केटाको गिरोहले उनलाई अपहरण गरेको थियो । पछि ती गुण्डाहरूले उनको ब्रिफकेस, जसमा पैसा र राहदानी थियो, खोसेका थिए। यो अवधिमा उनलाई सहयोग गर्ने कोही थिएन ।
इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार अमिताभ बच्चनले सन् २००१ मा एक अन्तर्वार्ता दिएका थिए, जुन फेरि एकपटक चर्चामा छ । उनले त्यो अन्तर्वार्तामा आफू एकपटक बोस्टनमा अपहरणमा परेको खुलासा गरेका थिए । त्यहाँ एक दिन होटलको लबीबाहिर ६ जना केटाको समूहले उनीमाथि रंग फाले । त्यसपछि ती केटाहरूले बिग बीलाई सहयोग गर्ने नाटक गरे र उनको ज्याकेट सफा गर्ने बहानामा अपहरण गरे।
त्यसपछि उनको ब्रिफकेस खोसेर फरार भएका थिए । उनको ब्रिफकेसमा केही कागजपत्र, राहदानी र पैसा थियो। यस क्षणमा उनी पूर्ण रूपमा असहाय महसुस गर्दै थिए, किनकि उनलाई सहयोग गर्ने कोही थिएन। जब यो घटना भयो, उनी भारतमा सुपरस्टारका रुपमा चिनिन्थे । भारतमा मात्रै नभई विश्वमा पनि उनको लोकप्रियता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’
-
वनमन्त्री शाही जर्मनी प्रस्थान