च्याम्पियन्स लिगका लागि न्युक्यासल, म्यान युनाइटेड र लिभरपुलबीच घम्साघम्सी
काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा उपाधि होडबाट बाहिरिइसकेका दुई प्रभावशाली क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल पछिल्लो समय च्याम्पियन्स लिगमा स्थान बनाउने अभियानमा लागेका छन् ।
च्याम्पियन्स लिग यात्रामा यी दुई क्लबका लागि सबैभन्दा ठूलो चुनौति बनेको छ, न्युक्यासल । तालिकाको तेस्रो स्थानमा आसिन न्युक्यासलले ३५ खेलबाट ६६ अंक जोडेको छ । चौथो स्थानमा आसिन म्यानचेस्टर युनाइटेडको पनि समान खेलबाट समान अंक छ । गोलअन्तरका आधारमा मात्र न्युक्यासल अगाडि छ ।
यसैगरी तालिकाको पाँचौं स्थानमा रहेका लिरभपुलको ३५ खेलबाट ६२ अंक छ । यी ३ वटै टोलीबीच च्याम्पियन्स लिगमा पुग्न चर्को घम्साघम्सी देखिन्छ । प्रिमियर लिगबाट अंक तालिकाको माथिल्लो ४ स्थानमा रहने टोलीले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ ।
यो सिजन प्रिमियर लिगको उपाधिका लागि भने म्यानचेस्टर सिटी र आर्सनलबीच रोमाञ्चक भिडन्त देखिएको छ । लिग लिडर म्यानचेस्टर सिटीले ३४ खेलबाट ८२ अंक जोडेको छ । आर्सनलले भने ३५ खेलबाट ८१ अंक बटुलेको छ । त्यसैले म्यानचेस्टर सिटी र आर्सनलका अतिरिक्त थप २ टोलीले मात्र च्याम्पियन्स लिगमा अवसर पाउने देखिन्छ ।
यसैबीच, प्रिमियर लिगको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । शनिबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी उल्भसमाथि २-० गोलको जित हासिल गरेको हो ।
म्यानचेस्टर युनाइटेडले दुबै हाफमा १-१ गोल गर्यो । घरेलु मैदानमा खेल सुरु भएको ३२औं मिनेटमा एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एलेजान्द्रो गार्नाचोले अर्को गोल थपे । यसअघि म्यानचेस्टर युनाइटेड लगातार २ खेलमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण