वारेन्ट जारी भएको ११ दिनपछि पक्राउ परे टोपबहादुर
काठमाडौँ । पक्राउ पुर्जी (वारेन्ट) जारी भएको ११ दिनपछि एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनीविरुद्ध वैशाख २० गते नै वारेन्ट जारी गरेको थियो ।
तर, प्रहरीलाई छल्दै सम्पर्कविहीन भएका उनी आइतबार मात्रै पक्राउ परेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ ।
सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो ।
यस्तै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत १३ जना पक्राउ परेका छन् भने अन्य केही अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण