वारेन्ट जारी भएको ११ दिनपछि पक्राउ परे टोपबहादुर

काठमाडौँ । पक्राउ पुर्जी (वारेन्ट) जारी भएको ११ दिनपछि एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनीविरुद्ध वैशाख २० गते नै वारेन्ट जारी गरेको थियो ।
तर, प्रहरीलाई छल्दै सम्पर्कविहीन भएका उनी आइतबार मात्रै पक्राउ परेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनलाई त्यहाँबाट पक्राउ गरेर परिसरमा ल्याइएको छ ।
सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । बाबुछोराविरुद्ध एकैदिन पक्राउ पुर्जी जारी भएको थियो ।
यस्तै यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत १३ जना पक्राउ परेका छन् भने अन्य केही अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित