शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

आइतबार, ३१ वैशाख २०८०, २० : ५१
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव तथा साम्सद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा उनीमाथि छ ।

पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट बुटवल हुँदै काठमाडौं हिँडेका उनी फरार थिए । 

पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएको प्रहरीले दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप