आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा असिनासहितको वर्षा

सोमबार, ०१ जेठ २०८०, २० : २५
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । काठमाडौँमा सोमबार राति असिनासहितको वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले राजधानीका विभिन्न स्थानमा असिनासहित वर्षा भएको जनाएको छ । 

आइतबार पनि राजधानीमा साँझको समयमा हावाहुरीसहित वर्षा भएको थियो । 

महाशाखाले आज राति काठमाडौँबाहेक कोशी प्रदेशका थोरै तथा  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप