शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

मङ्गलबार, ०२ जेठ २०८०, ०६ : ०६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा  चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने  कोशी प्रदेशका एक दुई स्थानमा  चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप