सरकारको नीति तथा कार्यक्रम उपराष्ट्रपतिलाई वाचन गर्न लगाऔँ : विष्णु रिमाल

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अस्वस्थताका कारण राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नसके उपराष्ट्रपतिले गर्नुपर्ने बताएका छन् । नेता रिमालले संविधान मिच्ने काम नगरौँ भन्दै सामाजिक सञ्जालमा सरकारको नीति तथा कार्यक्रमको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक÷कानुनी व्यवस्था भएको उल्लेख गरेका छन् ।
‘तर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना’, रिमालले भनेका छन् ‘अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे !’
उनले यदि समाचारमा सत्यता छ भने त्यसो नगर्न सुझाव दिएका छन् ।
‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्ने गरी कार्यवाहक तोकौँ’, रिमालले थप भनेका छन्, ‘यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौँ ।’ उनले संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम गर्न नहुने समेत बताएका छन् । गत शुक्रवार भएको तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको अस्वस्थताका कारण सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुवात गरेर प्रधानमन्त्रीले वाचन गर्नेबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य