सरकारको नीति तथा कार्यक्रम उपराष्ट्रपतिलाई वाचन गर्न लगाऔँ : विष्णु रिमाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अस्वस्थताका कारण राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नसके उपराष्ट्रपतिले गर्नुपर्ने बताएका छन् । नेता रिमालले संविधान मिच्ने काम नगरौँ भन्दै सामाजिक सञ्जालमा सरकारको नीति तथा कार्यक्रमको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक÷कानुनी व्यवस्था भएको उल्लेख गरेका छन् ।
‘तर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना’, रिमालले भनेका छन् ‘अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे !’
उनले यदि समाचारमा सत्यता छ भने त्यसो नगर्न सुझाव दिएका छन् ।
‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्ने गरी कार्यवाहक तोकौँ’, रिमालले थप भनेका छन्, ‘यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ । त्यसै गरौँ ।’ उनले संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम गर्न नहुने समेत बताएका छन् । गत शुक्रवार भएको तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको अस्वस्थताका कारण सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुवात गरेर प्रधानमन्त्रीले वाचन गर्नेबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण