मलामी बोक्न निःशुल्क बस
विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी लिएर घाट जानु छ। उनलाई अचेल यस्ता फोन निरन्तर आउन थालेका छन्।
अन्सारीसँग तीन वटा बस छन्। यिनैमध्ये एउटा चाहिँ मलामी बोकेर घाटसम्म लान प्रयोग हुन्छ। अन्सारीले कसैको निधनमा घाटसम्म मलामी लिएर जान निःशुल्क बस सेवा दिने घोषणा गरेका छन् ।
तीन महिनायता अन्सारीको बसमा चढेर थुप्रै मलामी घाटसम्म पुगिसकेका छन्। “दुई वटा बस धरान–विराटनगर रुटमा चलिरहेका छन्,” अन्सारीले भने, “एउटा बसलाई मलामी लैजान निःशुल्क उपलब्ध गराउँदै आएको छु।”
तीन महिनामा आफ्नो बस ४२ पटक मलामी बोक्न प्रयोग भएको अन्सारीले जानकारी दिए। निःशुल्क बस उपलब्ध गराउँदै आएको कुरा थाहा हुनेले फोन गरेर जानकारी गराएपछि अन्सारीले सहयोग स्वरूप पठाउने गरेका छन् ।
अन्सारीले दस वर्षको उमेरदेखि गाडीमा सहयोगीका रूपमा काम गर्न सुरु गरेका थिए । उनका अनुसार अहिले तीन वटा बसको मालिक आफैँ भएपछि सामाजिक सेवा गर्ने इच्छा जागेको हो। यो सेवासँग पनि फरक संयोग रहेको उनले सुनाए।
कसैले मलामी बोक्नका लागि गाडी भाडामा भनेका थिए। आफूले मलामी जाने भनेपछि सुहाउँदो भाडा भने पनि घरमा दुःख झेलिरहेका परिवारसँग धेरै पैसा मागेर कमिसन खाएको उनले थाहा पाएका थिए । त्यसपछि मलामी बोकेर घाट जाने गाडीमा समेत कमिसन खानेलाई बुद्धि सिकाउन मन लागेर निःशुल्क सेवा दिने घोषणा गरेको करिमको भनाइ छ। यने समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण