शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित

शुक्रबार, १२ असार २०८३, ०७ : ५९
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित भएका छन्।
  • सार्वजनिक अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले सर्वाधिक १ हजार ११७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
  • संगीता ढकालले १ हजार ११५, ज्ञानु पौड्याल ९१९, देवराज पाठक ८३१ र सर्मिला खनाल ६६४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित भएका छन्।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले सर्वाधिक १ हजार ११७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि संगीता ढकालले १ हजार ११५ मत प्राप्त गरेकी छन्।

यसैगरी ज्ञानु पौड्याल ९१९, देवराज पाठक ८३१ र सर्मिला खनाल ६६४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

lll

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप