शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित

शुक्रबार, १२ असार २०८३, ०८ : १०
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित भएका छन्।
  • सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै सिता बादी निर्वाचित भएकी छन्।
  • विनिता कठायत, टासी ल्हाङ्गजो, मेनुका शाह र प्रकाश न्यौपाने पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित भएका छन्।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार कर्णाली प्रदेशतर्फ बादीले सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विनिता कठायतले १ हजार ५६० मत प्राप्त गरेकी छन्।

यसैगरी टासी ल्हाङ्गजो १ हजार १८५, मेनुका शाह ८२२ र प्रकाश न्यौपाने ६३४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

kkk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप