ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन
काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक स्कुलले ‘छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’को उपाधि जतेका छन् । ग्रिनल्यान्ड सिनियर छात्र, भ्याली पब्लिक सिनियर छात्रा र गोल्डेनपिक जुनियर छात्रतफै च्याम्पियन बनेका हुन् ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा मंगलबार भएको सिनियर छात्रतर्फको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ अंकले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले ९ अंक जोडे ।
सिनियर छात्रातर्फको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०–२१ अंकले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् । जुनियर छात्रतर्फ च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले एन्जल्स हार्टलाई २४–१७ अंकले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले ७ अंक बटुले ।
सिनियर छात्रमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर छात्रामा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर छात्रमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर छात्रमा ग्रिनल्यान्डका सुरेश बिसी र सिनियर छात्रामा पृथ्वीकी दावाल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
सिनियर छात्रमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक), सिनियर छात्रामा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर छात्रमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साताव्यापी प्रतियोगिताको सिनियर छात्रमा २४ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान १२÷१२ गरी कूल ४८ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेको जानकारी बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण