कृषिका ५० विद्योग स्थापनामा सरकारको बेवास्ता
शुक्रबार, ०५ जेठ २०८०, ०७ : ०२
मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन ।
आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), डिजाइन र जग्गासमेत प्राप्त भएको महिला उद्यमी हरित औद्योगिक ग्रामको काम अघि बढ्न नसकेको हो ।
महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन ।
औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ ।
२५ वर्षका लागि सय रोपनी जग्गा भाडा लिन सम्झौता भइसकेको ग्रामकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण