आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको बङ्‍करदेखि ब्यारेक कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरिने

शुक्रबार, ०५ जेठ २०८०, १८ : २१
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम यथाशीघ्र सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन । 

उनले भने, ‘नेपाली सेनाको बङ्‍करदेखि ब्यारेक कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरिनेछ । नेपाल प्रहरी¸ सशस्त्र प्रहरी बल¸ नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीहरूलाई आधारभूत सुविधासहितको भौतिक संरचनाको व्यवस्था गरिनेछ। युवाहरूमा राष्ट्रसेवक भाव जागृत गर्न तथा शारीरिक एवं मानसिक विकासका लागि तालिम सञ्चालन गरिनेछ । राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहको समन्वयमा विद्यालय स्तरमा विस्तार गरिनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप