मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?

मङ्गलबार, १६ असार २०८३, १७ : ३१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • सलमान खानले ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर चर्चामा छ ।
  • विभिन्न सञ्चारमाध्यमले सलमान परिवारसहित बान्द्रास्थित नयाँ घरमा सर्ने तयारीमा रहेको दाबी गरेका छन् ।
  • इन्डिया टुडेका अनुसार स्रोतहरूले खान परिवारको पुरानो सम्पत्तिको पुनर्विकास प्रक्रिया सुरु भएको र सलमानले ग्यालेक्सी अपार्टमेन्ट छोड्नेबारे कुनै आधिकारिक पुष्टि नभएको बताएका छन् ।

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानले मुम्बईको चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर पछिल्ला केही दिनदेखि चर्चामा छ ।

विभिन्न सञ्चारमाध्यममा सलमान परिवारसहित बान्द्रास्थित समुद्र किनारमा रहेको नयाँ घरमा सर्ने तयारीमा रहेको दाबी गरिएको थियो । तर, अब यस विषयको वास्तविकता सार्वजनिक भएको छ ।

इन्डिया टुडेका अनुसार स्रोतहरूले सलमानको परिवारसँग उक्त सम्पत्ति पछिल्लो १० वर्षभन्दा लामो समयदेखि रहेको बताएका छन् । यो हालै खरिद गरिएको सम्पत्ति नभई पुरानै सम्पत्ति भएको र यो पुनः चर्चामा आएको बताइएको छ ।

समाचारअनुसार, महाराष्ट्र तटीय क्षेत्र व्यवस्थापन प्राधिकरण (एमसीजेडएमए)ले उक्त सम्पत्तिको पुनर्विकास (रिडेभलपमेन्ट) प्रस्तावलाई सिफारिस गरेपछि यसले चर्चा पाएको हो । प्रस्ताव स्वीकृत भएसँगै निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको छ ।

कतिपय सञ्चारमाध्यमले नयाँ बंगला निर्माण सम्पन्न भएपछि सलमान परिवारसहित त्यहाँ बसाइँ सर्ने दाबी गरेका छन् ।

तर इन्डिया टुडेले भने स्रोतहरूले यस दाबीलाई अस्वीकार गरेको भन्दै समाचार छापेको छ । स्रोतका अनुसार, यो खान परिवारको पुरानो सम्पत्ति हो र हाल यसको पुनर्विकास प्रक्रिया मात्र सुरु भएको हो । निर्माण कार्य कहिलेसम्म सम्पन्न हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

न त सलमान खानले ग्यालेक्सी अपार्टमेन्ट छोड्नेबारे कुनै आधिकारिक पुष्टि भएको छ । सलमान लामो समयदेखि परिवारसँग मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप