शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, कोशी र मधेसमा हावाहुरीको सम्भावना

आइतबार, ०७ जेठ २०८०, ०६ : ०८
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती  भने कोशी  र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक  वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप