आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि टिम च्याम्पियन

आइतबार, ०७ जेठ २०८०, २० : ०३
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । चन्द्रागिरि डोजोले प्रथम गोकणेश्वर उपमेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरिले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो । तेस्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पार्‍यो ।

गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुर्व्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बुढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप