चन्द्रागिरि टिम च्याम्पियन
काठमाडौँ । चन्द्रागिरि डोजोले प्रथम गोकणेश्वर उपमेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरिले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो । तेस्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पार्यो ।
गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुर्व्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् । बुढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न ८ स्पर्धामा १ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण